कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ

28

काठमाडौं । करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक काठमाडौंको ठमेलबाट पक्राउ परेका छन्। आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई १ किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो।

उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौना भित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ।

अभियुक्त उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

निज उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here