टीआरसी विधेयकबारे प्रचण्डको यस्ताे टिप्पणी

29

facebook sharing button

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको जनाएका छन्।

शनिबार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितले गरेको कार्यक्रममा उनले माओवादीको टाउकोमाथि झुण्डिएको तरबार हटेको टिप्पणी गरेका हुन्।

‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, उनले भने।

माओवादी सशस्त्र युद्ध सकिएको १८ वर्ष भइसक्दा पनि शान्ति प्रक्रियाको कामहरु पूरा भएको छैन। हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको संशोधन विधेयक पारित भएको छ।

यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरु छानबिन अगाडि बढ्नेछ।

प्रचण्डले अब माओवादी कसैले फुटाउन नसक्ने अरु फुटेर गएका माओवादीका टुक्राहरु पनि एक हुने बताए। ‘कसैले पार्टी फुटाउन सक्दैन, बरु फुटेर गकाहरु पनि आउँछन्’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here