सवारी दुर्घटनामा दुई जनाको मृत्यु

45

काठमाडौं, २४ भदौ चितवन, रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना.८ ख २८१८ नम्बरको कन्टेनर र बागमती प्रदेश ०६-००३ प ४८५१ नम्बरको मोटरसाइकल गए राती एकआपसमा 3 ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका-१५ बस्ने ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बकुलर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित सडकमा लु.१७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ स्वाठी बस्ने २६ वर्षीय रामनाथ कंवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here