मोरङ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-८ स्थित सडकमा रोकि राखेको म.प्र.०३- ००२ स ४३९१ नम्बरको ई-रिक्सामा ना.२७ प ५२१८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भारत बिहार राज्य पश्चिम चमपारण रामनगरा ग्राम पञ्चायत नेपालीटोल-२ बस्ने ५२ वर्षीय मनोज कुमार श्रीवास्तको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, गंगाजमुना गाउँपालिका-४ एर्सास्थित सडकमा ग.१ त ५३०० नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ बस्ने २१ वर्षीय आकाश विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धादिङवेशीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















