काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका पछिल्ला गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन तथा उपहास गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा पोखरामा भइरहेको प्रदर्शनप्रति लक्षित गर्दै काँग्रेसले हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया तथा अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेको जनाएको हो।
काँग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमा कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रकृयालाई सहयोग पुर्याउनु प्रत्येक नागरिकको कर्तव्य हुने तथा राजनीतिक दलको झन् बढी जिम्मेवारी हुने भनिएको छ।
यस्तो छ काँग्रेसको विज्ञप्तिः



















