जनकपुरले क्यानडाका अलराउन्डर ठाकरलाई टोलीमा अनुबन्ध

60

काठमाडौं । क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल्ने भएका छन्।

जनकपुरले विदेशी खेलाडीको रुपमा क्यानडाका अलराउन्डर ठाकरलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ।

२७ वर्षिय ठाकरले ३५ टि ट्वान्टी आई खेलमा २९ विकेट तथा ४ सय ५१ रन बनाएका छन्। जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन, अर्का अमेरिकी क्रिकेटर लाहिरु मिलन्था, पाकिस्तानका अलराउन्डर सोयब मक्सुद र इङ्ग्लिस अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिवार देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटनको दिन नै जनकपुरले विराटनगर किङ्सको सामना गर्नेछ।

जनकपुर बोल्ट्सको टोली – आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो, शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था, सोयब मक्सद, बेन माइक र हर्ष ठाकर।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here