राैतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा भईरहेकाे छ ।
जिल्लाकाे तीन वटै वडामा अहिले शान्तिपूर्ण रूपमा मतदान भईरहेकाे खबर प्राप्त भएको ।
जिल्लाकाे गढीमाई नगरपालिका -८ काे मतदान केन्द्र श्री मावि विरनगरा मतदान केन्द्रमा शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको छ ।
२ बजे सम्म २ हजार १ सय भन्दा बढी मत खसिसकेको निर्वाचन अधिकृत महमद मुनाले जानकारी गराएका हुन् ।प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भइरहेको देखिएको छ ।आज बिहानैदेखि वडा अध्यक्ष पदका लागि उपनिर्वाचनमा ईप्रका गरुडाको प्रमुख राजन कार्की, सशस्त्र प्रहरीका कमान्डर अमरब्रामुको कमान्डमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको थियोे ।
साे वडामा २ हजार ७ सय मतदाता रहेको छ ।यता जिल्लाकाे राजपुर नगरपालिका वडा नम्बर ६ र ईशनाथ ७ मा पनि शान्तिपूर्ण रूपमा पनि चुनाव भइरहेको स्थानीय पत्रकार माेहम्द माेजिबुलाहसे जानकारी गराएका हुन् । ईशनाथ ७ मा १६३३ मत खसेको उनले बताएका हुन् ।२ हजार ८ सय मतदाता रहेको साे ठाउँमा माेतीगंज प्रावि मतदान केन्द्रमा ६००,विपि काेईराला मावि मतदान केन्द्रमा १०३३ मत खसेको छ ।

















