भरूवा बन्दुक सहित पक्राउ

43

संखुवासभा । मकालु गाउँपालिका-२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पालाई १ थान भरूवा बन्दुक र करिब ५० ग्राम बारूद सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 4 प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले लाक्पाको घरमा लुकाई छिपाई राखेको उक्त बन्दुक र बारूद फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here