काठमाडौं । भ्रष्टाचार निवारण ऐन- २०५९ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार संसदीय समितिबाट पारित भएको छ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको आजको बैठकले उक्त विधेयक पारित गरेको हो।
सर्वसम्मतीबाट पारित भएको उक्त विधेयको संशोधन प्रस्ताव राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले समितिमा प्रस्तुत गरेका थिए ।


















