काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धि बस्ने राज कुमार तिमिल्सिनाको घरबाट करिब २ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहा देवीथान चोक बस्ने ५० वर्षीय डाक बहादुर पौडेलको घरबाट सुनका विभिन्न गरगहना तथा नगद २ लाख ६० हजार रूपैयाँ समेत गरी करिब २८ लाख १० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















