तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्था सिर्जना हुनु नराम्रो

45

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्था सिर्जना हुनु राम्रो नभएको जनाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन्।

‘केही बाहिर जाने त ठिकै हो, तर ठूलै संख्यामा बाहिर जाने काम भइरहेको छ। खेतहरू बाँझो भएको छ,’प्रधानमन्त्री ओलीले भने, ‘खेत छ त्यहाँ उत्पादन गर्नपर्ने ठाउँमा त्यो छाडेर ऋण काढेर बाहिर जानु, तल्लो बाटोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु उचित होइन।’

उनले भने‘यसमा चेतनाको कमी देखिन्छ। चेतना वृद्धि गर्नु आवश्यक छ,’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here