इसेवाको नाममा ठगी घटनाहरू बढिरहेकाले सतर्क रहन आग्रह

30
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं । इसेवाको नाममा सामाजिक सञ्जालमार्फत उपभोक्तालाई सम्पर्क गरी ठगी गर्ने घटनाहरू बढिरहेका छन् भन्दै कम्पनीले आफ्ना ग्राहकहरूलाई सतर्क रहन आग्रह गरेको छ।

इसेवाका अनुसार हाल केही व्यक्तिहरूले व्हाट्सएप, भाइबर लगायतका माध्यममार्फत उपभोक्तासँग ओटीपी, एमपिन र पासवर्डजस्ता गोप्य विवरण माग्ने प्रयास गरिरहेका छन्। ती व्यक्तिहरूले ठूलो धनराशीको चिठ्ठा परेको भन्दै कर तिर्नुपर्ने झुठा बहानामा ठगी गर्न खोजेको पाइएको हो।

इसेवाका कुनै पनि कर्मचारीले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी व्यक्तिगत विवरण माग्ने वा चिठ्ठा परेको भन्दै रकम माग्ने कार्य नगर्ने हुँदा यस्ता सन्देश वा फोन आएमा तुरुन्त सावधानी अपनाउन र कुनै पनि गोप्य विवरण नदिन उपभोक्तालाई आग्रह गरेको हो ।

इसेवाले भनेको छ, ‘डिजिटल माध्यमबाट हुने ठगीबाट जोगिन प्रत्येक प्रयोगकर्ता स्वयं सजग र सतर्क रहन जरुरी छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here