काठमाडौं । आगामी जुनमा हुने हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलका लागि नेपालको प्रारम्भिक फुटबल टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीको नाम घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले हङकङसँग जुन ५ मा मैत्रीपूर्ण खेल खेल्दैछ भने जुन २० मा एसियन कप छनोट अन्तर्गत लाओससँग खेल्दैछ ।
यस्तै पछिल्लो पटक सिंगापुरसँगको मैत्रीपूर्ण खेल र एसियन कप छनोटमा मलेसियासाग खेल्ने टिममा परेका डिफेण्डर रनदिप पौडेल, फरवार्ड भरत खवास र रेजिन सुब्बा भने यस पटक प्रारम्भिक चरणमा समावेश छैनन् । भरत र रेजिनले नेपाल सुपर लिग खेलेनन् भने रनदिपको प्रदर्शन राम्रो हुन सकेन ।

















