ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने

24

काठमाडौं । उपत्यकाबासीकाे पर्खाइमा रहेकाे ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने भएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेठको अन्तिमदेखि ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने जनाएका छन् ।

फ्लाइओभरको आज आइतबार स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले जेठको अन्तिमसम्म सबै काम सम्पन्न गरेर फ्लाइओभरमा गाडी सञ्चालन हुने जानकारी गराए । फ्लाइओभर सञ्चालन पश्चात  उत्त क्षेत्रको जाम अन्त्य हुने उनले दाबी गरे । अहिले फ्लाइओभरको बीचमा माटो भरेर एकातिर कालोपत्रे भइसकेको छ भने अर्को तर्फ पनि कालोपत्रे गर्ने तयारी भइरहेको छ । कालोपत्रे गर्ने काम सम्पन्न भएपछि सवारी आवागमन खुला गरिने मन्त्री दाहालले जनाए।

यस्तै, उनले महत्वपूर्ण आयोजनाहरू समयमा नै सम्पन्न नहुने समस्या समाधानका लागि नियम कानूनमा संशोधन गर्ने गरि अघि बढिरहेको र विकासका काममा हुने ढिलाईलाई निरुत्साहित पारिने उल्लेख गरे । मन्त्री दाहालले वर्षायाममा विभिन्न राजमार्गमा हुनसक्ने अवरोधलाई तत्काल हटाउनका लागि हाइअलर्ट भएर बसेको जानकारी गराए।

सडक विभागले ईपीसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो । समयमा नै निर्माण सम्पन्न नभएपछि पटकपटक थप गरेर दिएको अन्तिम म्याद गत पुस ८ गते नै सकिसकेको छ । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here