काठमाडौं । नेपालका ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने ९६.८५ प्रतिशतमा जनसंख्यामा खानेपानीको पहुँच पुगेको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन्।
संसद्मा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्दै उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले कुल जडित विद्युत क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको जानकारी दिए। यस्तै, आर्थिक सर्वेक्षणअनुसार सडक सञ्जाल ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ। समाजिक भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७ लाख ६ हजार ३ सय ८९ पुगेका छन्।
त्यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म ३७ लाख ९ सय ८४ जना विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौलासम्बन्धी रोगको उपचारका लागि नि:शुल्क औषधिसहितको स्वास्थ्य सेवा पाएका छन्।

















