‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट – २०२५’ मा सम्मान

27

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने कम्पनीमा आवद्ध अभिकर्ताहरुलाई पोखरामा आयोजित ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट – २०२५’ मा सम्मान गरेको छ।

पोखरा ग्राण्डमा आयोजित समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृतहरु, चिफ मार्केटिङ अफिरहरु , प्रदेश प्रमुखहरु र कम्पनीका कर्मचारीहरुको सहभागितामा उक्त अवार्ड समारोह सम्पन्न गरिएको हो।

कम्पनीका अभिकर्ताहरूको व्यवसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त विषेश कार्यक्रम आयोजना गरिएको थियो। स्वदेशी उद्योगहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभिकर्ताहरूलाई नेपालमै निर्मित स्वदेशी आँखीझ्याल शैलीका विशेष अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा आईएमई. लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता सम्मान र अवार्डहरु अभिकर्ता र कर्मचारीहरूको निरन्तर सहकार्य प्रतिफल भएको र भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने व्यहोरा उद्घोष गरी उक्त समारोहको समापन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here