पाकिस्तानी मेजरसहित तीन सुरक्षाकर्मीको मृत्यु

17

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा मंगलबार राति भएको बम विस्फोटमा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। घटना कुर्दगाप तहसीलको काली पासन्द खान नजिक भएको हो।

बिबिसीका अनुसार अज्ञात हतियारधारी व्यक्तिहरूले विस्फोटक पदार्थ राख्दा उक्त घटना भएको थियो। सुरक्षा बलका सवारी साधनहरू त्यहाँबाट गुज्रिरहेको बेला विस्फोट भएको पनि बिबिसीले लेखेको छ।

विस्फोटमा एक सैन्य गाडी ठोक्किएको जसमा एक सेनाका मेजर र अन्य दुई सैनिकको मृत्यु भएको सञ्चार माध्यमहरूले लेखेका छन्। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

पाकिस्तानी सरकारी अधिकारीहरूले आक्रमणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक नगरे पनि आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here