नेपाल स्टक एक्सचेञ्जमा गिरावट

15

काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गिरावट हुँदै बन्द भएको छ।

आज सेयर बजार १८ अंकले गिरावट हुँदै बन्द भएको हो। योसँगै आइतबार सेयर बजार परिसूचक २७४० को विन्दु पुगेर बन्द भएको छ। आज कारोबार रकमका आधारमा ६ अर्ब ५४ करोड मूल्य बराबरको सेयर किनबेच भएको छ।

आज विकास हाइड्रो पावर कम्पनी लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी गुमाउने नारायणी विकास बैंक रहेको छ। यो कम्पनीको सेयर ७ प्रतिशतले गिरावट आएको छ। यसैगरी, आज ४१ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटे। सो समूह ०.१५ प्रतिशत बढ्यो। विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घट्यो। बैंकिङ ०.८८, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.१९, लगानी ०.७८, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.५०, अन्य ०.१० तथा व्यापार समूह ०.१९ प्रतिशत घटे।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। हालै सूचीकृत सो कम्पनीको मूल्य ३८८.७० रुपैयाँ पुगेको छ। त्यस्तै सीवाईसी लघुवित्तको ४.७४, हिमालयन डिस्टिलरीको ३.६०, अपर स्याङ्गे हाइड्रोपावरको २.३५ प्रतिशत मूल्य बढ्यो।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशत घट्यो। पियोर इनर्जीको ४.३५, सान्भी इनर्जीको ३.९८ तथा रावा इनर्जीको ३.८५ प्रतिशत मूल्य घटेकाे थियाे । आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भयो। सो कम्पनीको मात्रै १ अर्ब ७५ करोडको कारोबार भयो। त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र शिवम् सिमेन्ट अगाडि रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here