सुटकेश भित्र महिलाको शव भेटिए

16

हेटौँडा । रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको छ।

शनिबार राति करिब ८ बजे  गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो।

डोरीले बेरिएको सुटकेश बेवारिस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सुटकेशभित्र शव रहेको थाहा पाएपछि घटनास्थलमा रातभर सुरक्षा दिएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो।

टाउकोमा गहिरो चोट देखिएको छ। प्रहरीले मुचुल्कापछि शवलाई पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।थप अनुसन्धान भइरहेको नायव प्रहरी उपरीक्षक राजु कार्कीले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here