आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

17

 

काठमाडौं  । बुढानिलकण्ठ नगरपालिका-८ स्थित दोलखा घर भएकी ६४ वर्षीया मैया खड्काको टहरामा बुधबार राति आगलागी हुँदा करिब १ लाख २ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, गोदावरी नगरपालिका-२ स्थित कञ्चनपुर भिमदत्त नगरपालिका-२ घर भएका कविराम तिवारीले संचालन गरेको अनुश्री फार्मेसीको गोदाममा बिहीबार बिहान आगलागी हुँदा करिब ५५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको   छ ।

सप्तरी, डाक्नेश्वरी नगरपालिका-२ हरिराहा टोल बस्ने छुतहरू मंण्डल खंङको घर र गोठमा बिहीबार बिहान आगलागी हुँदा करिब १० लाख ९ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रभित्र रहेको स्टेप टु नेपाल कम्पनीको स्टोर रूममा बुधबार बेलुकी आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, अर्जुनधारा नगरपालिका-१० पञ्चकन्याटोल बस्ने केदार ढुङ्गेलको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here