अवैध मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद

20

पर्सा । जिराभवानी गाउँपालिका-१ बलुवाबाट ४५० थान अवैध मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद राजन कुमार बानिया पर्सा ३० कार्तिक पर्साको जिराभवानी गाउँपालिका–१ बलुवामा सशस्त्र प्रहरीले आज बिहान ठूलो मात्रामा अवैध किप्याड मोबाइल सेट बरामद गरेको छ।

भन्सार छली गरी भारतबाट भित्र्याउँदै गरिएको अवस्थामा मोबाइलहरू धानबारीमा लुकाइराखेको अवस्थामा भेटिएको हो। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टिबाट निरीक्षक हरि चन्द्र खड्काको नेतृत्वमा गएको गस्ती टोलीले ४५० थान ‘लाभा’ कम्पनीको किप्याड मोबाइल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल १३ नम्बर गणका उपरीक्षक पुरन चन्द्र भट्टका अनुसार बरामद मोबाइलको मूल्य करिब ९ लाख रुपैयाँ आकंलन गरिएको छ।

बरामद गरिएको सामानलाई आवश्यक प्रक्रिया पूरा गरी बिरगंज भन्सार कार्यालय पठाइएको उनले जानकारी दिए। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा तस्करी नियन्त्रणका लागि निगरानी अझ कडा पारेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here