एमालेका युवाहरुले काठमाडौंमा प्रदर्शन

3

काठमाडौं । नेकपा (एमाले) का युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आज (शुक्रबार) एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनको नेतृत्व एमाले नेता महेश बस्नेतले गरेका छन् ।

नेता बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिए । नेता बस्नेतले वास्तविक जेनजीहरूका माग सम्बोधन एमालेबाट मात्रै सम्भव रहेको र त्यसका लागि प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here