शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह

13

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह गरेका छन् ।

संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ ।

बारामा जेनजी र एमाले कार्यकर्ताबिच झडपको प्रसंगमा उनले संयमित बन्न र निर्वाचनको वातावरण नबिगार्न आह्वान गरेका छन् ।

‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौं, निर्वाचनको वातावरण नबिगारौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here