नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने प्रतिबद्धता

16

काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो जनाएका हुन् ।

मन्त्री शर्माले निर्वाचनको सन्दर्भमा आवश्यक परे छिमेकी तथा मित्रराष्ट्रसँग सही तरिकाले सहकार्य गर्ने बताए । छिमेकी देशहरूसँग सकारात्मक भूमिका खेल्दै सम्बन्धलाई अझ सुदृढ बनाउने उनको भनाइ छ ।

‘नेपालको इमेज विश्वस्तरमा कसरी राम्रो बनाउने भन्नेमा मेरो ध्यान हुनेछ,’ उनले भने, ‘चुनावका क्रममा मन्त्रालयले कुनै मुलुकसँग सहकार्य गर्नुपर्ने अवस्था आए विधिसम्मत रूपमा अघि बढाइनेछ ।’

मन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here