रसुवागढी नाका ६ महिनापछि सञ्चालनमा

16

काठमाडौं । गत असारमा बाढीले पुल बगाएपछि रसुवागढी नाका ६ महिनापछि सञ्चालनमा आएको छ ।

चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पुल गत असारमा बाढीले बगाएँसँगै अवरुद्ध बनेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आएको हो ।

चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार बिहानै चीनतर्फ सामान लिन पठाइएको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले जनाए । दसैंको मुखमा नाका बन्द हुँदा विद्युतीय गाडी, फलफूल र लत्ताकपडा आउन सकेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here