काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला आह्वान भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा शुक्रबार संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो ।
बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि आफ्नो समूहका सदस्यहरूको भेला बोलाइएको हो ।
बिहान देउवा निवास महाराजगञ्जमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बरालसहितका नेताहरू पुगेका थिए । भेलामा संस्थापनका पदाधिकारी तथा पूर्वपदाधिकारी पनि सहभागी हुने नेताहरूले बताएका छन् ।

















