काठमाडौं । राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रालिबीच आइतबार (माघ ४) प्रायोजन सम्झौता भएको छ ।
एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका निम्ति छानिएको चित्लाङ एफसी र प्रभु लाइफबीच लाइफ इन्स्योरेन्स पार्टनरका रूपमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा क्लबका तर्फबाट अध्यक्ष सुगन तण्डुकार र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले हस्ताक्षर गरे । सम्झौतापछि चित्लाङलाई इन्स्योरेन्सले एक वर्षका निम्ति आर्थिक सहयोग गर्नेछ । क्लबले आफ्ना गतिविधिमार्फत प्रभु लाइफ इन्स्योरेन्सको प्रवद्र्धन गर्नेछ ।
सम्झौतापछि सीईओ प्रसाईंले देशको लोकप्रिय खेल र राष्ट्रिय लिगको टोली चित्लाङसँग जोडिन पाएकामा खुसी व्यक्त गरे ।
चित्लाङ एफसीका अध्यक्ष तण्डुकारले पनि नेपाली फुटबलमा केही गर्ने क्लबको उद्देश्यमा प्रभु लाइफको साथले थप ऊर्जा भरेको जनाए ।


















