छुट्टाछुट्टै सवारी दुर्घटनामा १८ जनाको मृत्यु

11

 

काठमाडौं ।

बैतडी, पुर्चैडी नगरपालिका-७ बडचौरस्थित सडकमा पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको सु. प. प्र.०२-००१ख १११९ नम्बरको बस अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा बसमा सवार बझाङ बित्थडचिर गाउँपालिका-७ बस्ने ४० वर्षीय केशब राज जोशी समेत १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ५ जनाको डडेल्धुरा अस्पतालमा र २ जनाको स्वास्थ्य चौकी कोटेलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २३ जनाको डडेल्धुरा अस्पतालमा, ८ जनाको निसर्ग अस्पताल धनगढी कैलालीमा र ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र देउलेख बझाङमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, हरिनगर गाउँपालिका-२ स्थित सडकमा को.२ त ६२४ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री गढी गाउँपालिका-५ हात्तीमुडा बस्ने ६० वर्षीय भागवत साहको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

यसैगरी सुनसरी, कोशी गाउँपालिका-३ जमुवास्थित सडकमा प्र.०१-०२-००१ ज ४५२८ नम्बरको विङ्गरले प्रदेश ०१-०२-०४४ प ७१९५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय रामशंकर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका-५ खहरे गाउँस्थित सडकमा म.प्र.०३-००१ च ८५०० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गाडीमा सवार सोही गाउँपालिका-६ बस्ने ३३ वर्षीय रामकृष्ण स्यवा भन्ने रामकृष्ण नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ३ जनाको राष्ट्रिय ट्रमा सेन्टर अस्पताल काठमाडौंमा र चालक समेत १७ जनाको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।

रौतहट, ईशनाथ नगरपालिका-४ मठिया टोलस्थित सडकमा बा.१५ च ४२४४ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने मोहमद सगिरकी छोरी ४ वर्षीया अल्फा खातुनको बिहीबार दिउँसो मृत्यु भएको छ ।  ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा बाँके, कोहलपुर नगरपालिका-७ लखनबार नजिकै सडकमा लखनबारबाट प्रिप्रहवा चोकतर्फ आउँदै गरेको भे.१ ख ३४९५ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ प्रसादीपुर बस्ने ६० वर्षीय दीपक खड्काको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार टिपर चालकको खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here