काठमाडौं । चुनाव विरोधी गतिविधि गरेको अभियोगमा पक्राउ परेका नेकपा (बहुमत)का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बास्तोलाका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले रिहाइ गर्न आदेश दिएको हो ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनाव भाड्न खोजेको अभियोगमा बास्तोलाई प्रहरी नियन्त्रणमा लिएको थियो। चुनावी विरोध गतिविधि गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंलाई पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो।

















