सवारी दुर्घटनामा एक जनाको मृत्यु

11

ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपा हाईटस्थित सडकमा ना.८ ख ५१४ नम्बरको ट्रकले प्रदेश ३-०२-००२ प ७२५३ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ५९ वर्षीया केशरी माया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रक  र स्कुटर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धममा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here