विभिन्न धनमाल चोरी

9

तनहुँ । व्यास नगरपालिका-४ पाखर टोल बस्ने ८२ वर्षीय देवनिधि पन्तको घरबाट ६ तोला सुनका गरगहना र नगद २ लाख ५० हजार रूपैयाँ बिहीबार दिउँसो चोरी भएको छ ।

साथै सोही घरमा डेरा गरी बस्ने तनहुँ घर भएकी २५ वर्षीया सबिना खड्काको कोठाबाट डेढ तोला बराबरको सुनका गरगहना र स्याङ्जा घर भएकी ४३ वर्षीया पार्बती अर्याल लामिछानेको कोठाबाट डेढ तोला सुनका गरगहना, नगद २० हजार रूपैयाँ समेत चोरी भएको छ । यसैगरी सोही ठाउँ बस्ने रेशम भुजेलको घरमा डेरा गरी बस्ने २५ वर्षीया कृति गुरूङको कोठाबाट २० लाल बराबरको सुनको गहना समेत चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

     

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here