धनगढी । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटाका महिलाहरू सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए ।
उनीहरू ९ जना र ५ जनाको समूह बनाएर च्याउ खोज्न हिँडेका थिए ।
सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


















