इन्टरनेट कम्पनी गुगलले चालकविहीन कारको परीक्षण गरिरहेको छ । तर गुगललाई माथ दिादै चीनले भने विश्वमै पहिलोपटक चालक विहीन यात्रुबाहक बस गुडाइदिएको छ । चिनियाा गाडी निर्माता कम्पनी युटोंगले पहिलोपटक निर्माण गरेको चालकरहित बस खचाखच यात्रुहरू बोकेर ३२ किलोमिटर सफलतापूर्वक गुडेको छ ।
पूर्णत स्वचालित यो बस गुड्ने क्रममा कुनैपनि मानवीय सहायता यसलाई आवश्यक परेन । हेनान प्रान्तको सडकमा यो बसको परीक्षण गुडान भएको हो । १०.५ मिटर लामो यो बसले झेंगझोउ सहर र केइफेंग सहरसम्मको दूरी पार गरेको हो ।
यो यात्रुबाहक बसले ३२ किलोमिटरको दूरी पार गर्ने क्रममा २६ पटक ट्राफिक लाइटबाट गुज्रियो ।
त्यस्तै लेन पनि परिवर्तन गर्यो र अर्को गाडीलाई ओभरटेक गर्न समेत सफल भयो । यो ड्राइभरलेस बसको प्रथम परीक्षण सफल भएपनि अझै व्यवसायिक रूपमा सडकमा उतारिने भने छैन र अझै पनि प्रयोगमै रहनेछ ।


















