जसले ६३ वर्षदेखि नङ काटेकै छैनन्

400

उनले आफनो बाँया हातका नङ नकाटेको ६३ वर्ष पुगिसकेको छ । सन् १९५२ देखि नङ नकाटेका श्रीधर चिलालको बाँया हातका औालाहरूमा पलाएका नङको पूरै लम्बाइ जोड्ने हो भने झण्डै ३० फिट अर्थात् ३५८.१ इन्च पुगिसकेको छ ।

उनको बुढिऔालाको नङ मात्रै ६.५ फिट लामो छ । भारतको महाराष्ट्रका चिलालले सन् २०१४ को नोभेम्बरमा गिनिज बुकमा नाम लेखाएका थिए ।

एउटै हातमा सबैभन्दा लामो नङ भएका मानिसको रूपमा गिनिज बुकमा नाम लेखाएका ७७ वर्षका चिलालले आफु विद्यार्थी हुादा नङ पाल्ने आफ्ना शिक्षकबाट प्रभावित भएर नङ पाल्न थालेका थिए ।

उनका एकजना शिक्षकको निकै लामो नङ रहेछ त्यो बेला । जब चिलाल र उनका साथीहरूले शिक्षकको नङ भाँचिदिए तब शिक्षक रिसले आगो भएर नराम्रोसाग उनीहरूलाई पिटे । त्यसपछि उनले उक्त शिक्षकले भन्दा लामो नङ बनाएर देखाइदिने प्रण गर्दै नङ पाल्न थालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here