अनुदानको पेट्रोल लिन ट्याङ्करसहितको टोली केरुङतर्फ

191

काठमाडौँ, १३ कात्तिक । नेपाल आयल निगमको नेतृत्वमा एक प्रतिनिधि मण्डल चीनबाट प्राप्त हुने अनुदानको पेट्रोल लिन उत्तरी सीमा केरुङतर्फ लागेको छ । अनुदानस्वरुप उपलब्ध गराउने पेट्रोल शनिबार साँझसम्म केरुङ आइपुग्ने भएपछि पेट्रोल लिन १२ वटा ट्याङ्करसहितको टोलि त्यसतर्फ लागेको हो । प्रतिनिधिमण्डलमा निगमका प्रवक्ता दीपक बरालसहितको टोली रहेको छ ।

भारतले डेढ महिना देखि लगाएको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि सरकारले चीनबाट पेट्रोल आयात गर्न लागेको हो । जस अन्तर्गत एक हजार टन पेट्रोल चीनले अनुदान स्वरुप उपलब्ध गराउने भएको छ । पहिलो लटमा १२ हजार लिटर बोक्ने १२ वटा ट्याङ्कर केरुङ पठाइएको आयल निगमले जनाएको छ । केरुङ गएका ट्याङकरहरु शनिबार नै ‘लोड’ हुने बताइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here