प्रहरीले हस्तक्षेप गरी ४० दिनपछि वीरगन्ज नाका खुलायो

253

काठमाडौ, १६ कात्तिक –प्रहरीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले  लगातार ४० दिन देखि अवरुद्ध गरेको वीरगन्ज–रक्सौल नाका आज बिहान हस्ताक्षेप गरी खुलाएको छ । प्रहरीले वीरगन्जको नेपाल भारत मितेरीपुलमा धर्ना बसेका मोर्चाका नेता कार्यकर्ताहरुलाई हस्तक्षेप गरी अवरुद्ध नाका खुलाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साबाट खटेका प्रहरी टोलीले बिहान करिब ४ बजेको समयमा धर्नास्थलमा हस्तक्षेप गरी नाका खुल्ला गराएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

नाका खुल्ला भएपछि विगत दुई महिनादेखि वीरगन्जमा थन्किएका भारतीय वाहनलाई भारततर्फ पठाउने काम सुरु भएको छ । वीरगन्जको इनर्वास्थित भन्सार क्षेत्रबाट सयाँै सवारी साधनलाई भारततर्फ पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here