बेलायती सांसदको चासोमा नेपाल

112

काठमाडौं– भारतले लामो समयदेखि नेपालमा लगाइरहेको नाकाबन्दीप्रति बेलायती सांसदले चासो देखाएका छन् । बेलायती सांसद तथा सर्वदलीय समितिका नेपाल मामिला हेर्ने सांसद वीरेन्द्र शर्माले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेख्दै नेपालको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । भारतीयमूलका सांसद शर्माले यही अक्टोबर १२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका बेला नेपालमा भइरहेको नाकाबन्दीलाई प्रमुख एजेन्डाका रूपमा उठाउन माग गरेका छन् ।
उनले बेलायतमा रहेको नेपाली दूतावासमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा बोल्दै भारतीय नाकाबन्दीले नेपाल र भारतको युगाौदेखिको सम्बन्धमा दरार आएको टिप्पणी गरेका थिए । साथै उनले नेपालको नयाा संविधानको प्रशंसा समेत गरेका थिए । भारतीय नाकाबन्दीको चौतर्फी विरोध भइरहेका बेला भारतीयमूलका सांसद शर्माले नेपालमा लगाइएको भारतीय नाकाबन्दी अन्त्य गर्न माग गर्दै आफ्ना प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here