आत्मसमर्पणको गन्ध आएको प्रमको सम्बोधन

153

हुकुमबहादुर सिंह
प्रधानमन्त्रीमा नियुक्त भएको ३७ दिनपछि उपप्रधानमन्त्रीको भीडलाई दायााबायाा राखेर नेपाल र नेपालीका लागि केबल एउटा औपचारिकतामा सीमित प्रधानमन्त्री केपी ओलीको सम्बोधन आएको छ । ३६ वटा विभिन्न बुादामा बााडिएर प्रस्तुत गरिएको उक्त सम्बोधनमा केही राम्रा कुरा हुादाहुादै पनि नेपालका देशभक्तका लागि एउटा अर्को आत्मसमर्पणको गन्ध भने आएको छ । रूपमा सम्बोधन सरसर्ती सुन्दा यसमा धेरै राम्रा कुरा छन् जस्तो लागे पनि यो सम्बोधनलाई गहिरिएर पढ्दा यसको सार पक्ष विगतका नेपालका प्रधानमन्त्रीजस्तै उनी पनि अर्को एउटा कान चिरेका जोगी भएका छन् । खासगरी बुादा नम्बर ३३ ले प्रधानमन्त्री केपी ओलीको सम्बोधनका अन्य सबै बुादाहरूलाई ओझेलमा पार्दै प्रधानमन्त्रीको राष्ट्रवाद गल्र्यामगुर्लुम ढलेको छ । प्रधानमन्त्रीको निर्वाचनमा सुशील कोइरालाको उम्मेदवारी र त्यसका लागि भारतीय प्रतिनिधि– लाजिम्पाटको प्रत्यक्ष संलग्नताको कारण आम नेपाली जनताको नजरमा नेपाली कांग्रेस र त्यसका नेताहरूले दिल्लीको दबाब र सल्लाहमा काम गरेको र नेकपा एमाले र त्यसका नेता केपी ओली खााटी राष्ट्रवादी देखिन पुगेका थिए । तर ३७ दिन पुग्दा नपुग्दै उनले आफ्नो महाकाली सन्धिको समयको सक्कली अनुहार आम नेपालीका अगाडि प्रष्टसित उदांगो पारेका छन् ।
केपी ओलीको विगत थाहा भएकाहरूका लागि यो कुनै नयाा चिज थिएन, तर आम नेपाली जनता भने उनको राष्ट्रवादसित एकछिनका लागि भ्रमित भएका थिए । तर अहिले उनको सम्बोधन आएपछिको अवस्थामा भने उनको विगत (महाकाली सन्धिको समयको) बाहिर आएको छ । सम्बोधनको बुादा नम्बर ३३ जसमा उनले भनेका छन्, ‘गत एक वर्षमा नेपाल–भारत आर्थिक सम्बन्धलाई दूरगामी प्रभाव पार्ने केही महत्वपूर्ण र सकारात्मक निर्णयहरू भएका छन् । यसमा विद्युत व्यापार सम्झौता, माथिल्लो कर्णाली र अरूण तेस्रो जलविद्युत आयोजनासम्बन्धी परियोजना विकास सम्झौता र लामो समयदेखि अवरूद्ध पञ्चेश्वर परियोजनासम्बन्धी समझदारी रहेका छन् । यसले नेपाल भारतसाग कसरी आर्थिक साझेदारी गर्न चाहन्छ भन्ने संकेत गर्दछ । तर हालैको स्थितिले दुई देशबीच विकसित आर्थिक साझेदारी र विकासका सम्भावना तथा दुई देशबीचको सम्बन्धमा गम्भीर असर पारेको छ । भारतबाट तेल आपूर्ति नहुादा सवारीसाधनको अभावमा शिक्षालय बन्द भई पढाइ रोकिएको भन्ने अनुभूति गरेका सन्ततिहरूमा दुई देशबीचको सम्बन्धबारे कस्तो मनोविज्ञान निर्माण होला ? त्यसैले म मित्रराष्ट्र भारतको सरकार र सम्बद्ध अधिकारीहरूसाग अघोषित नाकाबन्दी तत्काल अन्त्य गरी अत्यावश्यक वस्तुहरूको आपूर्ति सुचारू गर्न आग्रह गर्दछु । दुई देशबीचका उच्चस्तरीय भ्रमणका बेला प्रकट सद्भाव र ऐतिहासिक सन्दर्भको स्मरण गर्दै अविश्वास शंकाको स्थिति समाप्त गरी समझदारी बढाउन आफ्नो तर्फबाट योगदान गर्न हामी तयार छौा ।’
यो सही हो एक वर्षमा नेपाल–भारत आर्थिक सम्बन्धलाई दूरगामी प्रभाव पार्ने केही महत्वपूर्ण तर नकारात्मक निर्णयहरू भएका छन् । यसमा विद्युत व्यापार सम्झौता, माथिल्लो कर्णाली र अरूण तेस्रो जलविद्युत आयोजनासम्बन्धी परियोजना विकास सम्झौता र लामो समयदेखि अवरूद्ध पञ्चेश्वर परियोजनासम्बन्धी समझदारी रहेका छन् । जसको नेपालभित्र चर्को विरोध रहादै आएको छ । तर प्रधानमन्त्री केपी ओलीका उल्लिखित भनाइहरू आफौमा स्पष्ट छन्, जसको सार भनेको विगतमा हामीले तिमीहरूलाई नेपालका नदीनाला सबै दिएकै छौा र भविष्यमा पनि हामी बााकी चिजहरू दिन तयार छौा तर तिम्रा अहिलेका व्यवहारले आम नेपालीमा भारतको हस्तक्षेपकारी भूमिका भावी पुस्ताका आम नेपालीलाई थाहा हुनेछ । बितेका नेपाली पुस्ताहरू यसबारे जानकार थिए, जसका विरूद्ध हामीजस्ता तिम्रा हितैषीहरूलाई काम गर्न कठिन परेकै हो र अहिलेको तिम्रा यी स्पष्ट देखिने र आम नेपाली जनतालाई पीडित बनाएको यो नाकाबन्दीजस्ता कार्यले गर्दा नेपालमा भारतविरोधी जनमतको वृद्धि भएको छ, जो हामीजस्ता भारतीय नेपाली मित्रहरूले आफ्नो राष्ट्रवादी अनुहार जोगाइराख्न कठिन बनेको छ । वास्तवमा प्रधानमन्त्री केपी ओलीको सम्बोधनले आम नेपाली देशभक्तहरूलाई झन् चिन्तित बनाउने काम गरेको छ ।
आम नेपालीका लागि यो भारतीय नाकाबन्दी एउटा अवसर थियो । हुन त प्रधानमन्त्री केपी ओलीले पनि ‘नियति’लाई अवसरमा बदलौा त भनेका छन् र यदि उनले त्यसो गर्ने नै हो भने यसलाई तत्कालमै निम्न कार्यहरूको रणनीति विकासमा ध्यान दिनु आवश्यक छ, प्रथम– नेपाल–भारत सम्बन्धलाई पुन:परिभाषित गर्ने राष्ट्रिय रणनीतको विकासका लागि राष्ट्रिय बहस र आम सहमतिको विकास, द्वितीय– नेपालको भारतसित रहादै आएको एकलौटी व्यापारको सट्टा व्यापार विविधीकरणबारे पहल र रणनीतिको निर्माण र तेस्रो– स्वतन्त्र र आत्मनिर्भर आर्थिक तथा पूर्वाधार विकास । चीनले अहिले जे जसरी आफ्ना हात बढाएको छ, त्यसलाई भरपूर उपयोग गर्दै भारतसित नयाा वातावरणमा नयाा सहमतिको पनि उत्तिकै आवश्यकता छ, तर कुनैप्रति आत्मसमर्पण नगरीकन । अस्तु:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here