टेलिकमको नयाा डाटा प्याकेज

161

काठमाडौं/ नेपाल टेलिकमले आफ्ना उपभोक्तालाई इन्टरनेट सेवासम्बन्धी डाटा प्याकेजको नयाा योजना ल्याएको छ । ग्राहकहरूले टेलिकमले उपलब्ध गराएको सानो परिमाणको डाटा प्याकेज अत्यधिक माग गरेपछि जिएसएम/सिडिएमएका प्रिपेड र पोस्टपेड सेवामा गत कात्तिक २२ गतेदेखि नयाा डाटा प्याकेज उपलब्ध गराएको हो । उक्त सेवाअन्तर्गत जिएसएम १० एमबीको दुई दिन अवधिको महसुल दर आठ रूपैयाा, जिएसएम प्रिपेड र पोस्टपेड ५० एमबी १० दिनको महसुल ३५ रूपैयाा र सिडिएमए प्रिपेड पोस्टपेड ४० एमबी तीन दिनको महसुल १५ रूपैयाा निर्धारण गरिएको टेलिकमले जनाएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार महसुल दरमा नियमानुसार १३ प्रतिशत कर लाग्नेछ । जिएसएम पोस्टपेडमा डाटा सुविधा लिन डाटा र आफूले चाहेको परिणामको बीचमा खाली स्पेस राखेर १४०० सय डायलमा एसएमएस पठाउनु पर्नेछ ।
त्यस्तै, जिएसएम प्रिपेड र सिडिएमए पोस्टपेड/प्रिपेडमा डाटा सुविधा लिन आफूले लिन चाहेको डाटा परिणाम उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here