प्रधानमन्त्री ओली विरुद्ध अधिवक्ताले प्रहरीमा जाहेरी, चर्चा कमाउने बाटो रोजेका हुन कि ?

79

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध धर्म परिवर्तनको उद्योगअन्तर्गत कारबाही गर्न माग गर्दै अधिवक्ता भुपेन्द्र पोखरेलले मुद्दा दायर गरेका छन् ।

पोखरेलले प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुमा जाहेरी दिन जाँदा प्रहरी जाहेरी दर्ता गर्न भने अस्वीकार गरेको छ । गत साता युनिभर्सल पीस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा क्रिश्चियन धर्मप्रति आकर्षित र आस्था राख्न बाध्य पार्ने गरी प्रचारप्रसार गरेकाले प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गरिएको छ ।

काठमाडौं प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गराउन जाँदा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले जाहेरी दर्ता नगरेको अधिवक्ता पोखरेलको आरोप छ । जाहेरीमा कार्यक्रम आयोजक संस्थाका नेपाल अध्यक्ष एकनाथ ढकालविरुद्ध समेत कारबाहीको माग गरिएको जनाइएको छ ।

अधिवक्ता पोखरेलले अदालती प्रक्रियाबाट आदेश गराएर भए पनि जाहेरी दर्खास्त दर्ता गराउने जनाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here