श्वेताले नसकेपछि ‘हेल्लो जिन्दगी’ मा प्रियंकाको इन्ट्री

360

अचानक ट्युमर देखिएपछि भारतमा शल्याक्रिया गरेकी अभिनेत्री श्वेता खड्काले स्वास्थ्य अवस्थाका कारण फिल्म ‘हेल्लो जिन्दगी’ मा अभिनय गर्न असमर्थ भएपछि अभिनेत्री प्रियंका कार्की भित्रिएकी छन् । खड्काले अस्पतालको शैयाबाटै फिल्म गर्न असमर्थ रहेको जानकारी गराएकी थिइन् ।

उनको स्वास्थ्य अवस्था अचानक विग्रिएपछि निर्माण टिमले फिल्मको छायांकन रोकेको थियो । उनी पूर्ण रुपमा निको भएपछि छायांकन सुरु गर्ने तयारीमा निर्देशक एभरेष्ट सूर्य बोहोरा थिए । तर, श्वेता पूर्ण रुपमा निको हुन अझै केही समय लाग्ने भएपछि जेठ ११ गतेबाट फिल्मको पुनः छायांकन सुरु भएको छ । अब, उनले स्वास्थ्य अवस्थाका कारण गर्न नसकेको भूमिकामा प्रियंकाले अभिनय गर्नेछिन् ।

गएको बिहीवार प्रियंकाले फिल्ममा आफ्नो पहिलो सट दिएकी छन् । काठमाडौंमा केही साताको छायांकनपछि आफू निर्माण टिमसँग युरोप प्रस्थान गर्ने प्रियंकाले जानकारी दिएकी छन् ।

फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानर बन्न लागेको हो । सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर रहनेछ । ‘हेल्लो जिन्दगी’ मा प्रियंकासँगै अभिनेत्री दीपिका प्रसाईं पनि प्रमुख भूमिकामा छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here