काठमाडौं- बेगुसरायको राष्ट्रिय राजमार्ग-२८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित नामका युवक ट्रकमा ठोक्किन्छन् । सडकमा लडेपछि उनलाई ट्रकले किच्छ । उनको एउटा खुट्टा तिघ्राबाटै चुडिन्छ । त्यसपछि उनले आफ्नो हालत देखाउँन पत्नीलाई भिडियो कल गर्छन् र घटनाबारे जानकारी दिन्छन् ।
त्यसपछि उनी बेहोस हुन्छन् । लगत्तै भएका उनलाई सुरक्षाकर्मीले उद्धार गरेर अस्पताल पुर्याउँछन् । तर, डाक्टरहरुले बचाउन सक्दैनन् ।
राजारामको तीन वर्ष अगाडि मात्र बिहे भएको थियो । उनको सात महिनाको छोरी पनि छिन् । उनी सालोको श्राद्धमा सहभागी हुन ससुराल जाने क्रममा दुर्घटनामा परेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार राजारामाले इयर फोन लगाएर मोटरसाइकल चलाएका थिए । इयर फोन लगाएको बेला गाडीको आवाज नसुनेकाले दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

















