प्रधानमन्त्री ओलीलाई बाबुरामको सुझाव

123

काठमाडौं / नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई छवि सुधार्न ईश्वरको आशिर्वादतर्फ लाग्नुभन्दा निर्मला पन्तका बलात्कारी हत्यारा पत्ता लगाउनतर्फ लाग्न सुझाव दिएका छन् । भट्टराईले निर्मलाका हत्याराहरूको प्रमाण मेटाउन भूमिका निर्वाह गर्नेहरूलाई केरकार गरेर सत्यतथ्य पत्ता लगाउने हो भने प्रधानमन्त्री ओलीको लोकप्रियता बढ्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले कथित ईश्वरकी छोरीबाट आशिर्वाद लिने, विद्युतका पोलहरूमा आफ्नो फोटो झुण्ड्याउने जस्ता कामहरू गरेकोप्रति डा.भट्टराईले निन्दा गरेका छन् । निर्मला पन्तका बलात्कारी र हत्याराहरू पत्ता लगाउने हो भने प्रधानमन्त्री केपी ओलीलाई कुनै धर्मको सहयोग लिन नपर्ने सुझाव पनि भट्टराईले दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here