आत्मनिर्भर अर्थतन्त्र नै दीर्घकालीन समस्या समाधानको उपाय हो

204

समस्यालाई समस्याको रूपमा नलिई अवसरको रूपमा लिने हो भने नेपालीको लागि अहिले आफौ आत्मनिर्भर हुने ठूलो अवसर सिर्जना भएको छ । वैशाखको भूकम्प र भारतीय नाकाबन्दीका कारण राष्ट्र संकटपूर्ण अवस्थामा छ । राष्ट्र बैंकले हालै जारी गरेको प्रतिवेदनअनुसार स्थिति यस्तै रहे उद्योग, कृषि, सेवा, बैंक तथा वित्तीय क्षेत्र धराशायी हुने जनाएको छ । राष्ट्र बैंकले आर्थिक वृद्धिदर घट्ने र अर्थतन्त्र थला पर्ने चेतावनी दिएको छ । जनताको दैनिकी दिन प्रतिदिन कष्टकर र दयनीय हुादै गएको छ । हरेक कुरामा परनिर्भर भएकै कारण आज हामी यो अभाव सहन बाध्य भएका हौा । सधैं छिमेकीको भर पर्दा हामीले विकास नै गर्न बिर्सियौा । प्रकृतिले दिएको अनमोल भण्डारलाई हामीले उपयोग गर्न कहिल्यै जानेनौा । भाडाको सैनिक र कामदार उत्पन्न गरेर अन्य देशलाई विकसित त गर्‍यौा तर आफ्नै देशको स्वाभिमान रक्षा हुने केही योगदान गर्न सकेनौा । फलस्वरूप आजको यो अवस्था नेपालीले भोग्नुपरिरहेको छ । त्यसैले अब पनि सुतिरहने कि ब्युाझिएर राष्ट्र निर्माण अभियानमा लाग्ने ? यो प्रश्न सबै नेपालीले सोच्न जरुरी छ ।
आफू आत्मनिर्भर नहुने र छिमेकीको मात्र भर पर्ने प्रवृत्तिले कस्तो समस्या खडा गर्दो रहेछ, नेपालीले थाहा पाइसकेका छन् । यस्तोमा दक्षिणले धोका दिए उत्तरको शरणमा पर्ने प्रवृत्तिले भविष्यमा अर्को संकट ननिम्तेला भन्न सकिादैन । यद्यपि उत्तरको सहानुभूतिले अहिले हामीलाई केही सहज भएको छ । तर सधैं उसैको भर मात्र पर्नु हाम्रो भूल हुनेछ । अब आफ्नै खुट्टामा उभिने प्रयास हुन आवश्यक छ । त्यसको लागि हामीसाग अथाह सम्भावनाहरू रहेका छन्, जसलाई कसैले पनि हामीबाट खोस्न सक्दैन । ती सम्भावनाको उपयोग गरेर हामी समृद्ध हुनसक्छौा, आत्मनिर्भर अर्थतन्त्र खडा गर्न सक्छौा । कृषि, पर्यटन, जलस्रोत, जडीबुटी जस्ता कुराहरूलाई योजनाबद्ध रूपमा अघि बढाउने हो भने अवश्य पनि हामी आत्मनिर्भर हुन कसैले रोक्न सक्दैन । घाम, पानी हावा, खानी तथा विभिन्न प्राकृतिक सम्पदाहरूको उपयोग हुन जरुरी छ । जलविद्युत्, सौर्य ऊर्जा इन्धनको रूपमा प्रयोग गरेर हामी आत्मनिर्भर हुन सक्छौा भने व्यावसायिक पर्यटन उद्योगबाट समृद्धिको आधार खडा गर्न सक्छौा । अथाह जलस्रोतबाट विद्युत् निकालेर आफूले उपयोग गरेर बढी भएको छिमेकीलाई बेच्न सक्छौा । हालै प्रधानमन्त्रीको सम्बोधनमा पनि देशलाई आत्मनिर्भर बनाउने कुरामा जोड दिइएको थियो । नेपाललाई खाद्यान्न, ऊर्जा जस्ता क्षेत्रमा आत्मनिर्भर बनाउने तथा इन्धनको वैकल्पिक व्यवस्था गर्ने जनाइएको छ । आत्मनिर्भर बनाउने फेहरिस्त नै आए पनि यो कत्तिको कार्यान्वयन हुन्छ भन्ने प्रमुख विषय हो । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने भनेर यसअघिका थुपै्र सरकार प्रमुखहरूले घोषणा गरे पनि ती योजनामै सीमित भए । अब पनि यस्तो नहोस् भनी जनताको भावना छ ।
हाल देशमा देखिरहेको संकटबाट मुक्ति पाउने र दीर्घकालीन रूपमा यस्तो समस्या नदोहोरियोस् भन्नका लागि देश विदेशमा रहेका नेपालीहरूलाई लगानीको लागि प्रेरित गर्नुपर्छ । हाल भूकम्प र नाकाबन्दीका कारण बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप रकम अत्यधिक बढेर तरलता सिर्जना भएको छ । त्यस्तो रकमलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्छ । हाम्रो देशमा गाडी किन्न र विदेश जानका लागि ऋण सजिलै पाइन्छ तर देशमै लगानी गरेर व्यावसायिक बन्न चाहने उद्यमी युवाहरूलाई विभिन्न बखेडा झिकेर ऋण दिन अस्वीकार गरिन्छ । कडा कानुनी व्यवस्था गरेर यस्तो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ । एक समय भोकमरीले सताएको र जुन देशका युवाहरू खाडी मुलुकमा गएर काम गर्थे, त्यस्तो देश दक्षिण कोरिया आफ्नै कडा मिहिनेतका कारण विश्वकै सम्पन्न राष्ट्रमा दरिन पुगेको छ । छिमेकी देश चीन र भारत विश्वकै शक्तिशाली राष्ट्र बनेका छन् । ती देशले कसरी विकास गरे, त्यसको अनुशरण नेपालीहरूले गर्नुपर्छ । अनि मात्र हामी आत्मनिर्भर अर्थतन्त्र भएको नयाा नेपालको सपना साकार गर्नसक्छौा । त्यसको लागि खााचो छ त केवल केही गर्ने दृढ संकल्पको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here