आईएमईको बम्पर उपहार बिजेता यादव

151

काठमाडौं/ रेमिट्यान्स कम्पनी आईएमईले चाडपर्वलक्षित ‘आईएमई बचत दश लाख’ को नतिजा सार्वजनिक गरेको छ ।
उक्त योजनाको बम्बर उपहार बिजेता ट्रान्जेक्शन नम्बर ९०६७८५७१३१० का ब्रिजेश कुमार यादव घोषित भएका छन् । अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा आईएमईका कार्यकारी अध्यक्ष चन्द्र ढकाल, कार्यकारी निर्देशक हेम राज ढकाल (रामु) र ब्राण्ड एम्बासडरद्वय दीपक राज गिरी–दीपाश्री निरौलाले बम्पर लक्की ‘ड्र’ घोषणा गरेका थिए । यस अवधिका कुल सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेरका माध्यमबाट भाग्यशाली बिजेता घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here