फिल्म हेरेर विश्वकीर्तिमान

132

क्यानडाका एक युवकले लगातार लगातार १ सय २१ घण्टा फिल्म हेरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका छन् ।
विश्व रेकर्ड कायम राख्ने क्रममा सुरेश जोआचिम नामक यी युवाले लगातार १ सय २१ घण्टा १८ मिनेटसम्म फिल्म हेरेका हुन् । सुरेशले टेलिभिजनमा हेरेका सबै फिल्म टेल्कम बल्टस्पीड फाइबरबाट प्रसारण भएका थिए । दक्षिण अफ्रिकाको टेल्कम कम्पनीले आयोजना गरेको टेल्कम अनलिमिटेड मूभी म्याराथन जोहानेसबर्गमा भएको थियो । उनले यसअघि लामो समयसम्म फिल्म हेर्ने भारतका आशिष शर्माको कीर्तिमान भंग गरेका छन् । आशिषले १ सय २० घण्टा २३ मिनेटसम्म लगातार फिल्म हेरेर कीर्तिमान राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here