अस्कर अवार्डमा असफल ‘टलकजंग भर्सेस टुल्के’

267

काठमाडौं/ नेपालबाट अस्कर अवार्डमा प्रतिस्पर्धा गर्न छानिएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ अस्कर अवार्डको अन्तिम चलचित्रको सूचीमा छनोट हुन असफल भएको छ । यो चलचित्रमाथि अन्याय भएको भनी कलाकारहरुले टिप्पणी समेत गरेका छन् ।
अस्कर अवार्डमा विदेशी भाषी चलचित्रको प्रतिस्पर्धाबाट नेपाली चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ बाहिरिएको हो । आयोजक संस्था द एकेडेमी आर्टस् एन्ड साइन्सेजले सार्वजनिक गरेको अन्तिम चलचित्रको सूचीमा एसिएन मुलुकका कुनै पनि चलचित्र पर्न सकेनन् । विदेशी भाषी चलचित्रको प्रतिस्पर्धामा ८० फिल्म सहभागी थिए । ती मध्ये उत्कृष्ट नौ चलचित्र छानिएका छन् ।
अस्कर अवार्डबाट बाहिरिएको उक्त चलचित्रले भने नेपालमा राम्रो प्रशंसा पाएको थियो भने कमाइ पनि राम्रै गरेको थियो । निश्चल बस्नेत निदेर्शित ‘टलकजंग भर्सेज टुल्के’मा दयाहाङ राई, रविन्द्र सिंह बानिया, खगेन्द्र लामिछाने, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here