मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड

11

काठमाडौं । मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

शुक्रवार प्रेस काउन्सिल नेपालको आयोजनामा युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा बोल्दै सरोकारवालाहरुले मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले मिडियाहरु आर्थिक रुपमा संकटपूर्ण रहेको उल्लेख गर्दै मिडियालाई संकटबाट जोगाउनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडियाका सामग्रीहरु निःशुल्क रुपमा दिनाले मिडियाहरु आर्थिक संकटमा फसेका भन्दै मिडियाले सशुल्क मात्रै सामग्री दिनुपर्ने बताए ।
विश्वमा कतिपय ठाउँमा राज्यले सञ्चालन गरेका मिडिया समेत सशुल्क हुने गरेको भन्दै निजी क्षेत्रले व्यवसायिक रुपमा सञ्चालन गरेका मिडियाहरु झनै निःशुल्क हुनु नहुने उनको भनाइ छ ।

उनले बोर्डले सामाजिक सञ्जालमा बाहिर जाने विज्ञापनको पैसा रोकिदिइरहेको पनि जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here