पाँच वर्ष अघि भुकम्पको डर अहिले कोरोनाको डर !

249
– निशा तामाङ 
आज हामी सबै विश्व्यापी रूपमा फैलिरहेको कोरोना रोकथाम र नियन्त्रणका लागि एकजुट हुँदै लागीपरेका छौं  । एक अर्कामा सामाजिक दुरि कायम राखेर कोरोना विरुद्धको लडाइमा एकबद्ध भएका छौँ । प्राकृतिक विपत्तिले जोखिमयुक्त हाम्रो देश नेपालमा हरेक साल केही न केही विपत्तिको सामना गर्दै आइरहेका छौं ।   आज भन्दा पाँच वर्ष अघिमात्र महाविनाशकारी भुकम्प झेलेको हामी नेपाली जनताले त्यसपछि पनि बाढिपहिराे, हावाहुरी झेलेका थियौं ।  नेपालमा भुकम्प गएको पनि आज पाँच वर्ष लागेको छ । पाँच वर्ष अघि  भूकम्पको धक्काले देशलाई जति आतंकित बनाएको थियो। सबैजना  त्रसित  थिए ।  त्यो भुकम्पको अवस्था  सम्झना गर्दा कुन नेपालीलाई डर लाग्दैन होला !  आज नेपाल पुनः त्यही त्रासपुर्ण जीवन व्यतित गरिरहेका छन् । प्रकोप मात्र फरक छ । प्राकृतिक प्रकोप अहिले रोगको रूपमा मानवीय स्वास्थमा हावी भएको छ  । संसारकै सम्पन्न र शक्तिशाली देशका रुपमा आफ्नो परिचय बनाएको अमेरिका समेत  नराम्रोसंग एउटा सानो भाइरसबाट पराजित भएर मृत्युलाई आत्मसात गर्न बाध्य भैरहेको छ ।
भुकम्पका बेला घर बाहिर रहेर ज्यान जोगाएका थिए भने अहिलेको अवस्थामा घरभित्र रहेर अफ्नो ज्यानको सुरक्षा गरिरहेका छन् नेपाली जनता ।  नेपाल र नेपालीको इतिहासकै कालो दिनको रुपमा मानिएको  गत २०७२ साल वैशाख १२ गते बिहानको ११ः५६ बजेको विनाशकारी महाभूकम्पको सम्झना गर्दा त्यसबखत भोग्नु परेको समस्या कति पीडादायी थियो  हाम्रो मन मस्तिष्कमा अझै ताजा नै रहेको छ । त्यो  बेलादेखि भोग्नुपरेको   डर र त्रासको अनुभूति गराइरहन्छ । उक्त भूकम्पमा साढे दश हजारभन्दा बढी मानिसको ज्यान गएको थियो भने हजारौं अपाङ्ग र घाइते भएका थिए । लाखौ मानिस घरबार बिहिन भएर त्रिपालको भरमा रात बिताउन बाध्य भएका थिए ।
आज हामी कोरोनाको जोखिम नियन्त्रण गर्दै आफैलाई घरमा बन्द गरि सरकारले लगाएको लकडाउन पालना गरिरहेका छौं । लकडाउनले हामीलाई सुरक्षित बनाउछ भनेर आफैलाई सेल्फ क्वारेन्टाइनमा राखेका छौं । तर के यो लकडाउनले हामी पुर्ण रुपले सुरक्षित छौं  त ?  लकडाउन पालना गरेर हामी  रोगसंग त वचन सफल भएका छौं तर भोकबाट कसरी लड्ने ? यो सबै आमजनताको प्रश्न रहेको छ । कोरोना रोकथाम भन्दै  लकडाउन बढाउदै लिजाने हो भने जनता रोगबाट त बाच्न सफल होलान् तर भोकबाट भने अवश्य मर्ने निश्चित छ । सरकारले  काठमाडौं उपत्यकामा रहेका मज्दुरहरुलाई र अत्यावश्यक रूपमा समस्या परेकालाई राहत वितरण  व्यवस्था गरेको समेत जनाएको छ । तर पनि राहत वितरण नपाएर धेरैजना हिंडेर आफ्नो घर फर्किएका छन् ।
सरकारले कोरोना रोकथाम र नियन्त्रण भन्दै लगाएको लकडाउन अवधी पनि एक महिना पूरा भएको छ ।  योसंगै कोरोना संक्रमितको संख्या पनि बढदै गइरहेको छ । लकडाउन अवधीले जति नियन्त्रण गर्न सकिने सम्भावना देखिएपनि  मानिसहरुको लापरवा प्रवृतिले लकडाउन लगाउनु र नलगाउनु एउटै जस्तो भएको छ। कोटेश्वरमा घर जानेको भिडबाट  नै प्रष्ट हुन्छ सरकारको लकडाउन असफल भएको छ। त्यो भिडमा एकजनामा कोरोना संक्रमण भए सबैलाई हुनसक्ने खतरा बढछ । तर पनि न जनता सुरक्षित हुन सकेका छन् न सरकारले तिनीहरुलाई सुरक्षाको अनुभुती दिएका छन्  ।
सरकारले   रोकथामका लागि नयाँ रणनीति अपनाउनुपर्ने आवश्यकता रहेको छ । सबै प्रदेशले आफ्नो आफ्नो सिमा   लकडाउन गरेर केन्द्रिय सरकारले आफ्नो काम सक्रिय रूपमा संचालन गर्ने गरी लकडाउन खुकुलो बनाउदै लैजानु पर्ने आवश्यकता रहेको छ ।  सरकारले यसमा सशक्त कदम लिनु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here