झापामा थप एकमा कोरोना भेटिएसँग संक्रमित संख्या ४९ पुग्यो

66
काठमाडौं – नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४९ पुगेको छ । आज झापामा एकजनामा कोरोना संक्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ४९ पुगेको हो।
आज कोभिड–१९ को परीक्षणका क्रममा झापाका ६२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको बताउनुभयो ।
मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार ति सङ्क्रमितलाई आइसोशनमा राखिएको छ । सङ्क्रमितको अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here